यूनाइटेडले वर्षायो रोभर्सको पोस्टमा आधा दर्जन गोल

काठमाडौं । म्यानचेस्टर यूनाइटेड जितसँगै एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा लिग वान क्लब ट्रान्मेरे रोभर्सलाई ६-० गोल अन्तरले पराजित गर्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो । युनाइटेडका लागि ह्यारी मागुएर, डिगो डालोट, जेसे लिंगार्ड, फिल जोन्स, एन्थोनी मार्सियल र मासुन ग्रीनवुडले एक एक गोल गरे ।

रोभर्सविरुद्ध युनाइटेडले पहिलो हाफमै पाँच गोल गरेको थियो । खेलको १० औं मिनेटमा मागुएरले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । १३ औं मिनेटमा डालोटले गोल गर्दै युनाइटेडको अग्रता २-० को बनाए । १६ औं मिनेटमा लिंगार्डले गोल गर्दा युनाइटेडको अग्रता तेब्बर बन्यो । खेलको ४१ औं मिनेटमा जोन्सले गोल गर्दै युनाइटेडलाई ४-० को अग्रता दिलाए ।

खेलको ४५ औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा ५-० ले अघि रह्यो । त्यसपछि खेलको ५६ औं मिनेटमा ग्रीनवुडले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाए ।

एजेन्सी

यो पनि पढ्नुहोस् :  नेयमारको गोलमा पीएसजी सहज जित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?