राष्ट्रियसभा निर्वाचन : आचारसंहिता पालना गर्न आयोगको अपिल

काठमाडौं । माघ ९ गते हुन लागेका राष्ट्रियसभा सदस्यको निर्वाचनकालागि आचारसंहिता पालना गर्न निर्वाचन आगोले अपिल गरेको छ ।

आयोगले आचारसंहिता लागु भएसँगै पालना गर्न सबैसँग आग्रह गरेको छ । आयोगले निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचनसम्बन्धी आचार संहिता पूर्ण रुपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा तीनै तहका सरकारसँग अपिल गरेको हो ।

आयोगले निर्वाचनको मौन अवधि सुरु भइसकेकाले सो अवधिमा आचार संहिता विपरीतका काम कारबाही नगर्न तथा त्यस्ता क्रियाकलापका लागि उक्साहट नगर्न आग्रह गरेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?