काठमाडौं । विराटनगर–जोगबनी एकीकृत चेक पोष्टको आज उद्घाटन हुँदैछ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भिडियो कन्फ्रेन्सबाट उद्घाट तयारी छ ।
मंगलबार बिहान ११ बजे दुवै जनाले भिडियो कन्फ्रेन्समार्फत् स्वीच थिचेर चेक पोष्टको संयुक्तरुपमा स्वीच थिचेर उद्घान गर्ने तयारी भएको प्रधाममन्त्री ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।
दुई देशबीच २००५ मा विराटनगर, विरगन्ज, भैरहवा र नेपालगन्जमा पनि एकीकृत चेकपोष्ट निर्माण गर्ने थियो । विरगन्ज–रक्सौल एकीकृत चेकपोष्ट सन् २०१८ मानै उद्घाटन भइसकेको छ ।
विराटनगर–जोगवनी नाका नेपाल र भारतबीच दोस्रो ठूलो व्यापारीक नाका हो । नेपाल र भारतबीच विरगन्ज–रक्सौल नाकाबाट सबैभन्दा बढी व्यापार हुँदै आएको छ । नेपाल र भारतबीच अहिले वार्षिक करिव ७ अर्ब अमेरिकी डलर बराबरको व्यापार हुन्छ ।
मंगलबारको उद्घाटनपछि भएपछि अन्य दुई स्थान भैरहवा र नेपालगन्जमा पनि एकीकृत चेकपोष्ट निर्माण कार्य सुरु हुने भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया