काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अग्नि सापकोटालाई प्रतिनिधि सभाको सभामुखको उमेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
आज विहान नेकपा अध्यक्षद्वयले लामो समयको छलफलपछि दुई अध्यक्षबीच सापकोटालाई सभामुख बनाउन सहमति गरेका थिए।
यसअघि कसलाई सभामुख बनाउने भन्ने विषयमा मत बाझिएको थियो । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङलाई अघि सारेका थिए भने प्रचण्डले पुरानो सहमति कार्यान्वयन गर्न पनि पूर्वमाओवादीबाट सापकोटाको नाम प्रस्ताव गरेका थिए । गत असोज १४ पछि प्रनिधिसभामा सभामुख पद रिक्त छ ।
पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सुचना टाँस गरेर स्थगित भएका थिए । अर्को बैठक माघ ६ गतेलाई बोलाइएको छ ।
बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गरेको हो ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुरव्र्यवहारमा मुछिएपछि उनले राजीनामा दिएसँगै सो पद खाली भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया