प्रदेश १ मा मन्त्रीपरिषद् विस्तार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो मन्त्रीपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री राईले मन्त्रिपरिषद विस्तार गर्दै चार जना राज्यमन्त्री थप गरेका हुन् ।

थपिएका राज्यमन्त्रीहरुमा ओखलढुङगाका अम्बिरबाबु गुरुङ, इलामका रामवहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई नियुक्त गरेका हुन् ।

गुरुङलाई भौतिक पुर्वाधार, गजमेरलाई सामाजिक विकास, मगरलाई कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्मन्त्रीको जिम्मेवारी दिइएको छ ।

योसँगै प्रदेश एकको मन्त्रीपरिषद् सदस्य संख्या नौ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?