अब पटके सुकुम्बासीको अन्त्य हुन्छ : मन्त्री अर्याल

कैलाली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सकुम्बासीको अन्त्य गर्ने बताएकी छिन् ।

भूउपयोग ऐन तथा प्रस्तावित भूमि सम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापन सम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारीसँगको मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

राज्यले एकपटक मात्र सम्बोधन गर्ने भन्दै मन्त्री अर्यालले पटकपटक सुकुम्बासी हुने कुराको अन्त्य गरिने बताइन् । ुअब पटके सुकुम्बासीको अन्त्य हुन्छ । सुकुम्बासी एकपटक हुन्छ, पटकपटक हुदैनु, उनले भनिन्। सबै सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबासीको समस्या यसैपटक समाधान गरिने मन्त्री अर्यालको भनाइ थियो ।

भूमि व्यवस्थापन भनेको समग्र भूमिको व्यवस्थापन रहेको बताउदै उहाले भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार लागेको बताइन् । विगतमा १२ वटा आयोग बन्दासम्म समस्या समाधान हुन नसकेपनि अब सरकार १३ औं आयोग बनाएर काम सम्पन्न गर्ने तयारीमा रहेको बताए।

सामाजिक न्यायका निम्ति पनि यो देशका भूमिहीन, सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउनुपर्ने भन्दै उनले भूमी ऐन आठौं संशोधनमार्फत भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजेको बताइन्। भूमि बेचबिखन गर्ने कार्यमा सहजिकरण गर्नेगरी भूमि बैंकको कन्सेप्ट ल्याइएको समेत उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?