काठमाडौँ, ८ माघ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन पद्मकन्या विद्याश्रम उच्च माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा सबै दल मिलेजस्तो कार्यान्वयनमा पनि सबै दल मिल्नुपर्ने बताए “हिजोमात्र प्रदेशसभाका सदस्यले शपथ ग्रहण गरेका छन, उक्त समारोहसँगै मुलुक एकात्मक केन्द्रीय शासनबाट संघीयतामा प्रवेश गरेको छ, अब मुलुकलाई विकासको बाटोमा लैजानुपर्छ”– उनले भने नेता सिंहले एकतन्त्रीय राणा शासनको समयमा महिला शिक्षाका लागि स्व मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । सोही क्षेत्रका सांसदसमेत रहनुभएका सिंहले सामुदायिक विद्यालयको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालय सुधारका लागि महानगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको बताए । “लामो इतिहास बोकेको विद्यालयको विकासका लागि महानगरले विशेष सहयोग गर्छ,”– उनले भने सो कार्यक्रममा नेता सिंहले २५ वर्षदेखि सो विद्यालयमा सेवा गरेका कर्मचारी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेका थिए । काठमाडौँको डिल्लीबजारमा अवस्थित उक्त विद्यालय विसं २००४ मा स्थापना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया