ओली–प्रचण्डविरुद्ध किन खनिए झलनाथ खनाल ?

नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी एकीकरणको सम्पूर्ण काम नसकिदै पार्टीका संरचना विघटन गरेर अध्यक्षद्वय केपी ओली र प्रचण्डले अपराध गरेको आरोप लगाउनुभएको छ ।

शुक्रबार काठमाण्डौमा विश्व ट्रेड युनियन महासंघले गरेको कार्यक्रममा बोल्दै नेता खनालले पुर्व नेकपा एमालेको सबै कमिटीहरुको विघटन गरेर नेतृत्वले अपराध गरेको भन्दै आक्रोश पोख्नुभएको हो । उहाँले माओवादीसंगको एकीकरण लगत्तै पार्टीका सम्पुर्ण संरचना विघटन गरेकाले संगठन विस्तार हुन नसकेको, ८ लाख बढी कार्यकर्ताहरु २० महिनामा संम्म चुप लागेर बस्नुपरेको, गतिविधि हुन नसक्दा पार्टीभित्र धमिरा लाग्दै गएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “खुसीको क्षममा हामीले अर्को अपराध गर्यौ पार्टी विघटन गरेर । के जरुरी थियो विघटन गर्नु ? के जरुरी थियो पार्टीका सारा कमिटीहरु विघटन गर्नुपर्ने ? त्यो ब्लन्डर हो । तर त्यो ब्लन्डर भएकाले हामीले २० महिनासम्म चुपचाप बस्नुपर्यो । ८ लाख सदस्यहरु चुपचाप बस्नुपर्ने बाध्यता खडा भयो । क्रियाशिल भएको भए पार्टीको क्रियाशिलता रहीरहन्थ्यो । पार्टी भित्र धमिरा लाग्ने थिएन । पार्टी भित्रै हिलो जम्ने थिएन । धुलो जम्ने थिएन । फोहर मैला जम्ने थिएन । निस्क्रियता धुलो मैलो जम्ने प्रक्रियाको अंग हुन्छ । ”

उहाँले पार्टीले सरकारलाई ठोस निर्देशन दिन नसकेको तर्क गर्नुभयो । सरकारले पार्टी सञ्चालन गर्ने काम भएमा उल्टो दिशामा अघि बढिने भन्दै उहाँले ‘टाउकोले पुच्छर हल्लाउनु’पर्ने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “पार्टीले ठोस दिशा दिनुपर्यो । निर्देशन दिनुपर्यो । भिजन दिनुपर्यो । सरकार त्यही ढंगले सञ्चालित हुनुपर्यो । सरकारबाट पाटीए सञ्चालित हुने होइन । पार्टीबाट सरकार संञ्चालित हुनुपर्यो । टाउकोले पूच्छर हल्लाउनु पर्यो । पूच्छरले टाउको होइन । यदि पूच्छरले टाउको हल्लाउन थाल्यो भनेहामी उल्टो दिशा तर्फ जान्छौ । सरकारले पार्टी सञ्चालन गर्न थाल्यो भने हाी उल्टो दिशामा जान्छौ । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?