काठमाडौं । मृगौलाको नियमित डायलासिस गरेर प्रधानमन्त्री केपी शर्मा ओली निवास फर्किएका छन् । ओली टिचिङस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टर डायलासिसलागि पुगेका थिए। उनी ४ घण्टाको डायलासिस गरेर निवास फर्किएका हुँन् ।
आज ४ बजेका आजैका लागि ओली मन्त्रिपरिषद् बैठक समेत डाकेका छन्। ओलीको मन्त्रीपरिषद् बैठक अघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलको कार्यतालिका थियो । तर अस्पताल गएका कारण प्रचण्डसँग भेट्ने सम्भावना नरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।
दुई अध्यक्ष बिच सभामुख कसलाई सभामुख बनाउने भन्ने विषयमा छलफल गर्ने तयारी थियो । प्रधानमन्त्री ओली सुवास नेम्वाङलाई सभामुख बनाउने पक्षमा छन भने प्रचण्ड स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने पक्षमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया