सांसद जनार्दन शर्माले लोकसेवा आयोगले सरकार र समितिले दिएका निर्देशनहरु पालना नगरेको बताएका छन् ।
राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले आयोगले निर्देशनहरु नमानेपनि अप्ठ्यारोमा पार्नेगरी कानून निर्माण गर्न नहुने बताए ।
त्यस्तै सांसद पम्फा भुसालले ‘नेपाल सरकारले आयोगको लागि बजेटमा छुट्याएको रकम प्रचलित कानुन बमोजिक आयोगले खर्च गर्न सक्नेछ’ भन्ने व्यवस्था नै उचित भएको बताइन् ।
सांसद डिला संग्रौलाले लोक सेवा आयोगको काम कर्तव्य, निष्ठा, प्रतिष्ठा र यसको विश्वसनियतासँगै कार्यभार बढ्नेगरी खर्च सम्बन्धी दफा आएको भन्दै त्यसलाई हटाई प्रशासनिक र आर्थिक स्वायत्वता दिनुपर्ने बताइन् ।
बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगले प्रचलित कानून अनुसार नै खर्च गर्दै आएको अवस्थामा प्रचलित कानून अनुसार भन्ने तोकिएको खण्डमा अर्थमन्त्रालयले हस्तक्षेप गर्नसक्ने बताए । उनले परिक्षा सञ्चालनमा हुने खर्चमा पनि मन्त्रालयको स्विकृति लिनुपर्ने अवस्था आउने र यसले लोकसेवाको काममा ढिलाई हुने बताए ।
समितिमा लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफल जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया