काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल पतञ्जली योगपिठ हरिद्वारमा आयुर्वेदिक उपचार गरेर आइतबार नेपाल आएकी छिन् ।
उनी केहिदिन पछि फेरि उपचारका लागि जाने बताइएको छ । उनले केहिदिनको लागि औषधि ल्याएको र फेरि लामो समयको उपचारको लागि जाने बताइएको छ ।
सीतालाई प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी भएको चिकित्सकले बताउँदै आएका छन् । यो समस्या भएका व्यक्तिको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न समस्या हुने चिकित्सकहरुको भनाई छ ।
दाहाललाई योगगुरु बाबा रामदेवसँग पनि भेट गराइएको थियो । शुक्रबार फेसबुकमा दाहालकी छोरी गंगा दाहालले आमाको उपचारका लागि पतञ्जली पुगेको जानकारी दिँदै सामाजिक सञ्जालबाट तस्वीर सार्वजानिक गरेकी थिइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया