वामदेव गौतम नेकपा उपाध्यक्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ । आज सकिएको स्थायी समिति बैठकले नेता गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

साउन २१ गते सचिवालय बैठलले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त प्रस्तव अनुमोदनका लागि स्थायी समितिको बैठकमा लगिएको थियो ।

स्थायी समितिले अनुमोदन गरेको यो प्रस्ताव अब केन्द्रीय समितिमा छलफलका लागि पेश गरिनेछ। केन्द्रीय समितिले समेत यो प्रस्ताव पारित गरेपछि वामदेव नेकपाको उपाध्यक्ष बन्नेछन् । गौतम तत्कालीन नेकपा एमालेमा पनि उपाध्यक्ष थिए।

यस अघि यो समाचार लोकपथमा प्रकासन पढ्नुभएको थियोः

नेकपा स्थायी समितिको बैठक सकियो, के भयो निर्णय ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?