काठमाडौँ । कृष्णबहादुर महराको सभामुख पद गएपछि नयाँ सभामुख चयनको प्रक्रिया सु? भएको छ ।
सो पद रिक्त रहेको अवस्थामा सत्तारुढ नेकपाको संसदीय दलको बैठकमा उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराएर दुवै पदमा निर्वाचन गराउने प्रस्ताव गरिएको छ ।
संघीय संसदको पाँचौ अधिवेशन शुरु हनुअघि आज नयाँ बानेश्वरस्थित संसद् भवनमा सम्पन्न नेकपाको संसदीय दलको बैठकमा दलका उपनेता एवं पूर्व सभामुख सुवास नेम्वाङले उपसभामुख तुम्बाहाङफे राजीनामा दिनुपर्ने र संविधानअनुसार सभामुख र उपसभामुखमध्ये फरक–फरक लिङ्ग र दलबाट प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव गरेका थिए । यद्यपीको बैठकको अध्यक्षता भने शिवमायाले नै गरेकी छिन् ।
अब पुस ११ गतेका देखि भने नयाँ सभामुख चयन प्रक्रिया सु? हुने जनाइएको छ । सभामुखमा नेकपाबाट सुवास नेम्वाङ र अग्नी सापकोटाको चर्चा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया