काठमाडौं । संघीय ससंदको बैठक अघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दलको बैठक बोलाएको छ । आज तय गरिएको नेकपाको स्थायी कमिटीको बैठक स्थगित गरेर नेकपाले संसदीय दलको बैठक बोलाएको हो ।
आजबाट सुरु हुने संसदको हिउदे अधिवेशन अघि सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाएको नेकपाका संसदीय दलका एक नेताले बताए ।
संसद अधिवेशन आज ४ बजे बस्दै छ । त्यस अघि नेकपाका संसदीय दलका नेतालाई संसद भवनमै दिउसो २ बजे बैठक आवाहन गरेको संसदीय दलका एक नेताले जानकारी दिए ।
बैठकामा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीसमेत सहभागी हुन सक्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री उपस्थित नभएमा दलका उपनेता सुवास नेम्वाङले अध्यक्षता गर्ने तयारी छ ।
बैठकलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताले सांसदहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया