काठमाडौँ । नेकपा सिन्धुपाल्चोकका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टीको क्रियाकलापप्रति असन्तुष्ट हुँदै नेकपा र राप्रपाका नेता कार्यकर्तासमेत काँग्रेसमा प्रवेश गरेका हुन् ।
राजधानीमा बिहीबार आयोजित एक विशेष कार्यक्रममार्फत उनीहरुलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा नेकपा र राप्रपाका जिल्ला नेतादेखि जनप्रतिनिधिका उम्मेदवारसम्म रहेको नेपाली कांग्रेसका जिल्ला सदस्य वसन्त गुरूङले जानकारी दिए।
उनका अनुसार पार्टी प्रवेश गर्नेहरुमा राप्रपाका जिल्ला कोषाध्यक्ष रामकुमार तामाङ, विप्लव समूहका जिल्ला सचिवालय सदस्य एवं पूर्व जनमुक्ति सनाका प्लाटुन कमाण्डर रेशम पौडेल, नेकपासम्बद्ध युवा संघका पूर्व जिल्ला सचिव विश्वराज गुरुङ, गोरखबहादुर कार्की, शेरबहादुर लामा,युवकध्वज सापकोटालागयत एक सयभन्दा बढी रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको वितृष्णा बढेको प्रमाणित भएको बताए ।
यसअघि नेकपाले जितेका भक्तपुर, चितवन र धरानमा नेपाली कांग्रेसले आफ्नो जित दर्ता गरेको विषयमालाई चानचुने रुपमा नलिई निराश नहुन पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।
सभापति देउवाले पार्टी प्रवेश गरेका व्यक्तिहरुलाई आवश्यक सम्मानसहितको भूमिका पार्टीमा दिइने विश्वास पनि दिलाए ।
यस्तै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहन बस्नेतले नेकपाले चुनाव जितेका धेरै ठाउँमा कांग्रेसको भोट बढेको बताए ।
वर्तमान सरकारको नेतृत्वमा स्थिरता,विकास र सुशासन सम्भव नभएको दावी गर्दै उनले कम्युनिष्टले मुलुकको नेतृत्व लिएयता भ्रष्टाचार, अराजकता, हत्या, हिंसा, बलत्कारजस्ता घटनाले जनता आजित भएको बताए ।
नवप्रवेशीहरुलाई सम्मान, सुरक्षा र उचित भूमिका दिइने काँग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया