काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टर पुगेका छन् ।
ओली नियमित डायलासिसका लागि मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टर पुगेका हुन् ।
उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको करिव १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया