काठमाडौं । राष्ट्रियसभामा रिक्त हुन लागेका केही सदस्यका लागि यही पुष २० गते उम्मेदवारी दर्ता हुने भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुष १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ ।
७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।
२० गते उम्मेदवारी दर्ता गरेपछि दाबी विरोधलगायत प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ। त्यही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान भने माघ ९ गते हुनेछ ।
राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुई वर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ। संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।
राष्ट्रिय सभा सदस्यहरु सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ। यसैगरी हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि सकिँदैछ ।
कार्यकाल सकिने अन्य सदस्यहरुमा वृशेषचन्द्र लाल, रमेशप्रसाद यादव, रामप्रित पासवान, डा. युवराज खतिवडा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया