काठमाडौं । सात जना रजिष्ट्रार र उपरजिष्ट्रारलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले विभिन्न अदालतमा कार्यरत रजिष्ट्रार र उपरजिष्ट्रारलाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।
सर्वोच्च अदालतका ५ जना उपरजिष्ट्रार जिल्ला न्यायाधीश सिफारिस भएका छन् । सर्वोच्च अदालतका उपरजिष्ट्रार विद्याराज पौडेललाई रुकुम र महेन्द्रराज काफ्लेलाई जिल्ला अदालत सोलुखुम्बुमा सिफारिस गरिएको छ ।
त्यस्तै, सर्वोच्चकै तीन उपरजिष्ट्रार इन्दिरा शर्मा, मनकुमारी जिएम विक र रिताकुमारी बख्रेललाई क्रमशः झापा,बाँके र सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरिएको छ ।
यसरी न्यायाधीश सिफारिस हुनेमा उच्च अदालत दिपायलका रजिष्ट्रार टेकराज जोशी पनि हुनुहुन्छ । उहाँलाई डोल्पा जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरिएको छ । उच्च अदालत तुलसीपुरका रजिष्ट्रार गेहेन्द्रराज पन्त जिल्ला अदालत भोजपुरका लागि सिफारिस हुँनुभएको छ ।।
त्यस्तै, न्यायापरिषद्को बैठकले पाँच न्यायाधीशलाई सरुवा पनि गरेको छ । जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलनाथ रेग्मीलाई बारा जिल्ला अदालत, खोलुखुम्बुका न्यायाधीश अमृतबहादुर बस्नेतलाई झापा जिल्ला अदालत सरुवा गरिएको छ ।
त्यस्तै, नवलपुर जिल्ला अदालतबाट अम्बिका प्रसाद निरौलालाई काठमाडौं जिल्ला अदालत ल्याएको छ । दोलखाबाट न्यायाधीश तेजबहादुर खड्कालाई मोरङ र रुकुमबाट आत्मदेव जोशीलाई धादिङ जिल्ला अदालत सरुवा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया