बागलुङ दुर्घटना : मृतक १४ जनाकै सनाखत अपडेटसहित

काठमाडौं । बागलुङमा जीप दुर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत भएको छ । घटनामा एक जना बच्चासहित १४ जनाको घटनास्थलमै मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।

मृत्युहरुमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।

दुर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् । उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

इस्मा गाउँपालिका–४ का धनबहादुर कार्की बेपत्ता छन् । इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?