बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जीप दुर्घटना भएको छ ।

दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बुर्तिबाङ आउँदै गरेको ग१ज ५२१९ नंको जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभएको छ । थप विवरण आउन बाँकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?