सागमा डेब्यु गर्दै महिला क्रिकेट टिम, मार्ला त बाजी ?

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सोमबार दक्षिण एसियाली खेलकुद (साग) मा डेब्यु गर्दैछन् ।

घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार माल्दिभ्ससँग खेल्दै नेपालले सागमा डेब्यु गर्नेछ ।

साग इतिहासमा पहिको पटक महिला क्रिकेट समावेश गरिएको हो । र, सबै महिला क्रिकेट टोलीको सागमा डेब्यु हुनेछ । पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध महिला क्रिकेट टिमले प्रतिस्पर्धा गर्दैछन् ।

महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले यस अघि घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन् । सागमा डेब्यु र पहिलो पटक घरेलु मैदानमा खेल्न पाउँदा खेलाडी सबै उत्साहित छन् । नेपाल घरेलु भूमिमा पहिलो पदकको लक्ष्यमा रहेका छन् ।

करिब ३ महिनाबाट नेपालले स्वर्ण पदक ल्याउने लक्ष्यसहित तयारी गरेको थियो । महिला टोलीले पाएको ३ महिने प्रशिक्षण इतिहासकै लामो प्रशिक्षण पनि हो ।

सागको महिला क्रिकेटमा चार टिम रहेका छन् । जसमा नेपाल, बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेको छ ।

नेपालले माल्दिभ्सपछि डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?