दैलेखमा हायस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । दैलेखमा हायस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन्।

सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरको हायस गुराँस गाउँपालिका–४ मंग्रामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा दुई जना पूरुष र एक जना महिला रहेका छन्।

माइक्रोका चालक फरार रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सुर्खेत ल्याइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?