पशुपति क्षेत्रमा निशुल्क विद्युतीय ट्याम्पु सञ्चालनमा

काठमाडौं । पशुपतिमा दर्शन गर्न आउने अशक्त तथा वृद्धवृद्धालाइ निशुल्क बिजुली ट्याम्पुले सेवा दिइने भएको छ।

भारतीय महिला सघंले पशुपति क्षेत्र विकास कोषलाइ २ ओटा बिजुली रिक्सा हस्तान्तरण गरेसँगै यस्तो सेवा सञ्चालन हुने भएको हो ।

कोषका अनुसार आजबाट नै पार्किङदेखि दक्षिण ढोकासम्म अशक्त तथा वृद्धवृद्धालाई सेवा विस्तार गरिएको छ ।

पशुपति क्षेत्र बिकास कोष र लक्ष्मी बैंकको सहकार्यमा एक वर्ष अघीदेखि  नै पशुपती क्षेत्रमा २ ओटा बिजुली रिक्सा संचालनमा आइरहेको छ ।

अहिले थपिएको २ र पहिलेको २ रिक्साले दैनिक १ हजारभन्दा धेरै लाभान्वित हुने पनि कोषको भनाइ रहेको छ । वृद्दवृद्दा तथा असक्तलाइ पशुपती देखि गुह्यश्वरीसम्म पनि यस्ता सेवा संचालन गर्ने तयारी रहेको कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?