प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

काठमाडौं । मंगलबार एपेन्डिसाइटिस शल्याक्रिया गराउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ ।

उहाँलाई मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि त्यो हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य  थापाले
जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?