काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेशन सकिएको छ । एपेन्डिसाइटिस भएपछि उहाँलाई मंगलबार बिहान टिचिङ हस्पिटलको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो ।
अस्पतालका अनुसार प्रधानमन्त्रीको एपेन्डिसाइटिसको सानो अपरेसन १२:४५ मा सफलतापुर्वक सकिएको हो ।
अपरेशन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्ने अस्पताल स्रोतलेजानकारी दिएको छ ।
अस्पताल भर्ना भएपछि उनी मंगलबार सहभागी हुने भनिएका कार्यक्रमहरु प्रभावित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया