काठमाडौं । संसारको सबैभन्दा उच्च स्थान हुने लडाइको मैदान सियाचिनमा भारतले पर्यटकका लागि खुल्ला गर्न चाहेको छ । तर पाकिस्तानले यस योजनाको स्वीकार गरेको छैन। करिब १९ हजार फिटमा रहेको सियाचिनको पर्यटका लागि खुल्ला गर्ने योजना पाकिस्तानले बिहीबार मन्जुरी दिएको छैन।
पाकिस्तानले बुधबार भनेको छ संसारकै सबैभन्दा उच्च क्षेत्रमा हुने युद्धक्षेत्र सियाचिन एक विवादित क्षेत्र रहेको छ । भारतले यस क्षेत्रमा पर्यटनका लागि खुल्ला गर्न सक्दैन । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले भारतद्धारा सियाचिनको पर्यटकका लागि खुल्ला गर्न लागिएको समचारमा भने, भारतले बलपूर्वक सियाचिन ग्लेशियरमा कब्जा गरेको छ । यो एक विवादित क्षेत्र हो । भारत यसमा पर्यटको लागि कसरी खुल्ला गर्न सक्छ?
रक्षा मन्त्री राजनाथ सिंहले २१ अक्टुबरमा भनेका थिए भारत सरकारले पर्यटकका लागि सियाचिन आधार शिविर देखि लिएर कुमार चौकी सम्म सबै क्षेत्रमा खुल्ला गर्ने तयारीमा रहेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया