सेना फिर्ता लैजान आग्रह, भारतसँग वार्ताको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतीय सेना हट्ने बताएको खबर अन्नपूर्ण पोस्टले छापेको छ । आफूलाई अरुको एक इन्च जमिन नचाहिने र आफ्नो देशको एक इन्च पनि कसैलाई नछाड्ने ओलीको भनाइ छ ।
उनले नेपालको भूमि कालापानी क्षेत्रमा राखेको सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरेका छन् ।
अन्नपूर्णले नै अतिक्रमित भूमि फिर्ता गर्न सरकार भारतबीच कूटनीतिक तहमा वार्ता हुन लागेको खबर छापेको छ । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयलाई समस्या समाधानका लागि कूटनीतिक वार्ता गर्न निर्देशन दिएका छन् । लगत्तै त्यसको पहल भएको हो ।
‘काम भइरहेको छ, छलफल पनि भइरहेका छन् । हामी छिट्टै वार्ताको चरणमा प्रवेश गर्नेछौँ’ परराष्ट्र सचिव शंकर वैरागीले भने, ‘यो विषयलाई किनारा लगाउनेतर्फ अग्रसर छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?