मन्त्रिमण्डल पुनर्गठनको तयारी, आंशिक कि पूरै हाेला?

मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । उनले यसबारे पार्टीमा जानकारी गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेको र छिट्टै पुनर्गठन हुने बताएका हुन् ।
कान्तिपुर दैनिकले भने मन्त्रिपरिषद् आंशिक फेरबदल हुने खबर छापेको छ । ओलीले केही मन्त्रीहरुलाई मात्रै हटाएर मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका छन् ।
‘यसअघि सबैलाई हटाएर नयाँ अनुहार ल्याउने कि भन्ने पनि थियो, तर आइतबार कार्यसम्पादनका आधारमा केहीलाई हटाउने र अन्यलाई निरन्तरता दिने भन्नेमा मोटामोटी समझदारी बनेको छ’, एक नेताले भने, ‘अरु प्रधानमन्त्रीको अधिकार हो हेरौँ के गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?