अख्तियारको अकुतमा तानिँदै राजस्व र सडकका ३५ हाकिम

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सडक विभाग एवम् डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन हुने भएको छ ।

अख्तियार उच्च स्रोतका अनुसार राजस्व र सडकका ३५ जना अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो ।

ती अधिकारीको तीनपुस्ते विवरणबारे समेत छानबिन भइरहेको अख्तियारले जनाएको छ । राजधानी दैनिकमा यो खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?