वीरगन्ज । उद्योग तथा व्यापारिक प्रतिष्ठानले वातावरण प्रदूषण गरेको बताउँदै आएको वीरगन्ज महानगरले कारबाही गर्ने जिम्मेवारी भने वडालाई दिएको छ । प्रदेश २ को एक मात्र वीरगन्ज महानगरपालिकाले वातावरण प्रदूषित पार्ने उद्योग तथा प्रतिष्ठानलाई कारबाही गर्ने जिम्मेवारी भने वडा कार्यालयतर्फ सारेको हो ।
व्यापारिक पृष्ठभूमिबाट महानगरको नेतृत्वमा पुगेका नगरप्रमुखमाथि उद्योगी व्यापारीले दोष लगाउन सक्ने सम्भावना भएपछि महानगर नेतृत्वले वडातर्फ जिम्मेवारी सार्न सफल भएको बुझिएको छ ।
शुक्रबार महानगरपालिकाको कार्यपालिका बैठकको निर्णयबाट वातावरण धुमिल बनाउने उद्योग तथा प्रतिष्ठानलाई कारबाही गर्ने जिम्मेवारी वडातर्फ सरेको महानगरपालिकाले जनाएको छ । राजधानी दैनिकमा यो खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया