बढ्यो सुनको मुल्य, कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बृद्धि भएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार २ सय रहेको थियो । त्यस्तै आज तोलामा २ सयले बृद्धि भइ प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७१ हजार १ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि ५ रुपैयाँले बृद्दि भएको छ । मंगलबार प्रतितोला चाँदीको मुल्य ८ सय ४५ रहेको थियो । आज मुल्य बृद्दि भइ प्रतितोला चाँदी ८ सय ५० कायम भइ कारोबार भइहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?