सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं, २९ पुस । २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरे बमोजिम ती ठाउँहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका हुन् प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जानकारी प्राप्त भएको छ सचिवालयबाट प्राप्त नामावली बमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले पुस २७ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?