नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि ४ सर्त अघि सारेको छ । तर, सरकारले भने विप्लवको सर्तमाथि शंका गरेको छ ।
चन्द नेतृत्वको नेकपाले आफूमाथि लगाइएको प्रतिबन्ध हटाएर इमान्दारिताका साथ बिनासर्त वार्ताका लागि सरकार तयार भए वार्ता हुन सक्ने जनाएको हो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने शंका व्यक्त गर्दै भनेका छन्– विप्लवको विज्ञप्तिका सन्दर्भमा पार्टीभित्र औपचारिक छलफल भएको छैन । तर, वार्ताका सन्दर्भमा राखिएका सर्तसँग सरकार सशंकित देखिन्छ । वार्ता पनि भन्ने आफ्ना नेता कार्यकर्ता मात्रै छुटाउने र शक्ति सञ्चय गर्ने हो कि भन्ने विषयमा सरकार सशंकित छ ।’ राजधानी दैनिकमा खबर छ ।
विप्लवका सर्तः
सरकारले इमान्दारिता देखाउनुपर्ने,
प्रतिबन्ध हटाउनुपर्ने,
आफ्ना गिरफ्तार नेताहरुलाई छाड्नुपर्ने,
बिनासर्त वार्ता हुनुपर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया