क्याम्पस प्रमुखबाट राजीनामा नदिँदा पार्टीबाट निलम्बित

इलाम – इलामको महेन्द्र-रत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राम गुरागाईलाई पदवाट राजीनामा गर्न नेपाल कम्युनिस्ट पार्टीले गरेको प्रस्ताव अस्वीकार गरेपछि पार्टी सदस्यबाट निलम्बन गरिएको छ।

नेकपाका इलाम अध्यक्ष राम रानाले प्रमुखबाट क्याम्पसको सुधार नभएपछि आराम गर्न भने पनि नटेरेकाले निलम्बन गरेको बताए। उनले भने ‘उहाँबाट क्याम्पसको विकास भएन, रेष्ट गर्नुस् भनेको टेर्नु भएन।’ रानाले नेकपाको भागमा परेको क्यापसका प्रमुखले पार्टीसंग सहकार्य समेत नगरेको गुनासो गरे।

नेकपा इलामका कार्यालय सचिव नवराज शंकरले विज्ञप्ति निकालेर क्याम्पस प्रमुख गुरागाईले पार्टीहितविपरीत काम गरेकाले निलम्बन गरेको जनाएका छन्।अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?