काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्तपुर पुगेर इन्द्रजात्राको अवलोकन गर्नुभएको छ । उहाँ शुक्रबार दिउँसो ४ बजेतिर बसन्तपुर पुग्नुभएको थियो । काठमाडौं उपत्यकामा मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा रहेको छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ ।
साथै राष्ट्रपति भण्डारीलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वागत गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया