प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

लोकपथ संवाददाता
0
Shares
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल आउन आग्रह गर्नुभएको हो ।

पछिल्लो डेढ वर्षमा ओली र आफूबीच ४ पटक भेट भएको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीले यसले दुई देशको सम्बन्ध राजनीतिक तहमा उच्च विन्दुमा पुगेको पनि उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?