कैलाली बम बिस्फोटबारे विप्लव समुहको यस्तो प्रतिक्रिया (हेर्नुहोस् विज्ञप्तिसहित)

काठमाडौं । बिहीबार साँझ कैलालीको धनगढीस्थित शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोटमा विप्लव समूहको संलग्नता पुष्टि भएको छ ।

शुक्रबार दिउँसो विप्लव समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो ।

विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले सहादत प्राप्त गरेको पनि स्वीकारिएको छ । घटनामा अन्य चार जना घाइते छन् ।

घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ ।


विप्लव समुहले घटनामा घाइते भएकाहरुको उपचार खर्चको जिम्मा आफैले लिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

पढ्नुस् विज्ञप्ति:-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?