Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

सूचना टाँस गरि प्रतिनिधिसभाको बैठक स्थगित

बिप्लव जमकटेल ३० असार २०७६, सोमबार १४:२८
file photo
file photo
शेयर गर्नुहोस् Facebook

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगन गरिएको छ ।

देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगन गर्नुपरेको सूचनामा जनाइएको छ ।

प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित क्षेत्रमा सहयोग गर्न सांसदहरु जिल्ला जानुपर्ने भएको हुँदा प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ८ गते १ बजे बस्ने गरी आजको बैठक स्थगन गरिएको सूचनामा उल्लेख छ । रासस

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।