मंसिर १० गते भएको निर्वाचनको मतगणना भोलि साँझ ५ बजेदेखि

काठमाडौं, २० मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा मतदान भएका क्षेत्रको मतगणना भोलि बिहीबार साँझ ५ बजेदेखि सुरु हुने भएको छ पहिलो चरण अन्तर्गत मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको थियो । मतगणनाका लागि निर्वाचन आयोगले सबै तयारी पूरा गरेको जनाएको छ दोस्रो चरणको निर्वाचनपछि मात्रै मतगणना गर्ने निर्णय भएपछि आयोगले मतपेटिका भने उच्च सुरक्षा घेराभित्र राखेको छ गणनामा कुनै गडबडी हुन नदिन निर्वाचन कार्यालय मतगणना स्थलमा तारजाली लगाउनेदेखि उम्मेदवारका प्रतिनिधिहरुलाई निगरानी गरिने भएको छ । मतगणनाका क्रममा राजनीतिक दलका तर्फबाट बसेका प्रतिनिधिले मतपत्र छुन पाउने छैनन् गणनास्थलमा प्रवेश पाउनेले मोबाइल, लाइटर, सलाई, एसिड जस्ता प्रज्वलनशील र घातक सामग्री लैजान पाउने छैनन् । आयोगले प्रत्यक्षतर्फको मतगणनाको परिणाम चार दिनमा सार्वजनिक गरिसक्ने जनाएको छ प्रतिनिधि र प्रदेश सभा सदस्य प्रत्यक्षतर्फको मत गणना गरिसकेपछि समानुपातिक तर्फको मतगणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?