पार्टीले तीन करोड उठाउँदा उम्मेदवारले यसरी गरे अथाह खर्च

काठमाडौं, २० मङ्सिर- प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार व्यक्तिगत चन्दाकै भरमा निर्वाचन लडिरहेका छन् । ती दलले आफ्ना उम्मेदवारलाई सीमित रकम उपलब्ध गराएका छन् कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावलाई लक्ष्य गरेर सञ्चालनमा ल्याएको संस्थागत खातामा पनि न्यून मात्रामा मात्रै सहयोग संकलन भएको छ । तीन ठूला दलले दिएको जानकारीअनुसार कांग्रेसको खातामा एक करोड, एमालेको खातामा दुई करोड र माओवादी केन्द्रको खातामा तीन करोड रुपैयाँ संकलन भएको छ संस्थागत संकलन भएको सहयोग रकम अति नै न्यून भएपछि पार्टीहरूले उम्मेदवारले आयोगले तोकेको सीमा बराबरको रकम उपलब्ध गराउन सकेका छैनन् ।आयोगले प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवारले २५ लाख र प्रदेशसभा प्रत्यक्ष तर्फका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सीमा तोकेको छ तर, तीन ठूला दलले पार्टीका उम्मेदवारलाई संस्थागत रूपमा एक लाखदेखि ६ लाख रुपैयाँ मात्रै खर्च दिएका छन् । उम्मेदवारले निर्वाचनमा गर्ने खर्चको तुलनामा पार्टीले दिएको रकम अचारजस्तो मात्रै हुने ठूला दलका अर्थ विभाग प्रमुखहरू स्विकार्छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?