काठमाडौं, २० मङ्सिर- नेपाल राष्ट्र बैंकले चर्चित पोलिमर नोट भ्रष्टाचार काण्डमा संलग्न भनिएकाहरूको सम्पूर्ण बैंक तथा वित्तीय विवरण उपलब्ध गराउन मुलुकभरका सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मंसिर १३ गते बुधबार इजाजतप्राप्त सबै बंैक तथा वित्तीय संस्थालाई पत्र काटी निजहरूको प्रमाणित विवरण शीघ्रातिशीघ्र उपलब्ध गराउन पत्राचार गरेको होविभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको हस्ताक्षरमा बैंकहरूलाई जारी गरेको पत्रमा सन् १९९९ देखि २००७ सम्मको विवरण पठाउन भनिएको छ। यसरी विवरण माग गरिएका व्यक्तिमा पूर्वगभर्नर डा. तिलक रावल, राष्ट्र बैंककै मुख्य मुद्रा अधिकृत उपेन्द्रकेशरी पौडेल, नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे (नेपाली पासपोर्ट नं.४४१३८२), हिमालयबहादुर पाण्डे (अस्ट्रेलियन पासपोर्ट नं.एल४६६८६१५), हिमालयकी श्रीमती रमा राज्यलक्ष्मी पाण्डे, ग्लोबल ग्रुपका प्रबन्ध-निर्देशक केशव खत्री छन्मेफ्लावर प्रालि, ग्लोबल ग्रुप प्रालि र सुपर ट्रिस्टार इन्भेस्टमेन्ट लिमिटेडको पनि राष्ट्र बैंकले बैंकिङ तथा वित्तीय विवरण उपलब्ध गराउन पत्राचार गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले असोज ७ गते १० रुपैयाँको पोलिमर नोट काण्डमा संलग्नको विवरण प्रमाणित गरी पठाउन राष्ट्र बैंकलाई पत्राचार गरेको थियोडा.रावल राष्ट्र बैंकको गभर्नर भएका बेला उक्त दरको पोलिमर नोट छाप्न अस्ट्रेलियन कम्पनी ‘नोट प्रिन्टिङ अस्ट्रेलिया लिमिटेड’ लाई ठेक्का दिएको थियो। नोट छाप्ने क्रममा भ्रष्टाचारजन्य कार्य भएको भन्दै अस्ट्रेलियन सरकारले छानबिन प्रयोजनका लागि डा.रावलसहित नेपालका अन्य आठ व्यक्ति तथा संस्थाको बैंकिङ कारोबारसम्बन्धी जानकारी मागेको थियोअस्ट्रेलियन सरकारको तर्फबाट कूटनीतिक माध्यममार्फत सरकारसमक्ष अनुरोध भएपछि बैंक खातासहितका सूचना पठाउने तयारी भइरहेका बेला त्यसलाई रोक्न बैंकर पृथ्वीबहादुर पाण्डे र उपेन्द्रकेशरी पौडेलले ०७१ सालमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया