अम्बे सिमेन्टको प्रमाण चिन्ह प्रयोग इजाजत रद्द

काठमाडौँ, १९ मंसिर । अम्बे सिमेन्ट प्राप्त गरेको गुणस्तर प्रमाण चिन्ह प्रयोगको इजाजत खारेज भएको छ । नेपाल नापतौल तथा गुणस्तर विभागले प्रमाण चिन्ह प्रयोगको इजाजत रद्द गर्ने निर्णय गरेको हो पर्सामा रहेको सिमेन्टले आफ्नो ओपीसीको उत्पादनमा नेपाल गुणस्तर ४९ ले तोकेको भन्दा फरक कच्चा पदार्थको प्रयोग गरेको पाइएकोले प्रदान गरिएको प्रमाण चिन्ह प्रयोगको इजाजत रद्द गरिएको प्रवक्ता रोमी मानन्धरले जानकारी दिए यो सँगै कम्पनीले उत्पादन गर्ने हाइटेक, र अम्बे प्रिमियम ब्राण्ड सिमेन्टको प्रयोग भरपर्दो नहुने देखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?