काठमाडौँ, १८ मंसिर —लगातार २ पटकसम्म काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव जित्दै आएका कांग्रेस नेता प्रकाशमान सिंह यसपटक पनि चुनाव जित्ने रणनीतिमा छन् क्षेत्र नम्बर २ प्रकाशमानको एकलौटी किल्ला जस्तो रहेपनि यसपटक भने उनलाई वाम गठबन्धन र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रको समेत उम्मेदवारी रहँदा केहि दवाव परेको बताइन्छ । तर, पनि प्रकाशमान आफूले कुनै दवाव महसुश नगरेको र सहजै जित्ने बताउँछन् हुन पनि रवीन्द्र र वाम गठबन्धनका उम्मेदवार अनिल शर्माको तुलनामा प्रकाशमानको कार्यक्रममा हरुमा जनलहर देखिन्छ । लामो समयदेखि क्षेत्र नम्बर १ मै भिजेको तथा त्यहाँका जनतासँग नजिक रहेका कारण उनलाई व्यापक जनसमर्थन रहेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् रवीन्द्रको भर्खरै जन्मिएको पार्टी भएको तथा काम भन्दा पनि सपना देखाउनमै उनी केन्द्रीत रहेकाले प्रकाशमानलाई नै भोट हाल्ने सो क्षेत्रमा मतदाता बताउँछन् यतिमात्रै नभई रवीन्द्रले २—४ जना मान्छे जम्मा पारेर आकर्षक भिडियो खिचि सामाजिक सञ्जालमार्फत मिठा प्रचार मात्रै गराउने गरेको सो क्षेत्रका मतदाताहरु बताउँछन् वानेश्वरका एक मतदाताले भने—प्रकाशमानको पक्षमा ६० प्रतिशत स्थानीय छन् । रवीन्द्रको कोहि फ्यानहरु भएपनि उनले जित्दै सक्दैनन् । वाम गठबन्धनका उम्मेदवार त झन् कमजोर रहेकाले उहाँसँग तुलना नै हुन सक्दैन चुनावको दिन आउन ३ दिनमात्रै बाँकी रहेका अवस्थामा सिंह चुनाव जित्नेमा ढुक्क देखिएका छन् भने मतदाताहरु पनि उनैलाई जिताउन आतुर छन् यसैक्रममा सिंहले संविधान बनाउन नेतृत्व गरेको दललाई नै कार्यान्वयनको पनि जिम्मेवारी दिन मतदातासँग अनुरोध गरेका छन् काँग्रेस काठमाडौँ क्षेत्र नं ३ ले आज जोरपाटीमा आयोजना गरेको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै नेता सिंहले तीन कालखण्डका तीन परिवर्तनको नेतृत्व गरेको काँग्रेस अब समृद्धिको अभियान पूरा गर्न चाहन्छ, यसका लागि अबको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसलाई बहुमत दिन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया