रत्ननगर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछि पार्टी एकता नभए एमाले अध्यक्ष केपिशर्मा ओली र आफ्नो राजनीतिक अस्थित्व समाप्त हुने बताएका छन सयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समितिले आज रत्ननगरमा आयोजना गरेको आम सभामा प्रचण्डले पार्टी एकता हुनेमा ढुक्क रहन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । हामी अगाडि बढिसक्यो पार्टी एकतालाई शंकेत गर्दै प्रचण्डले भने पार्टी एकता गर्ने विषयमा अब पछाडि हट्ने हो भने ओली जी र मेरो राजनीतिक भविश्य सकिन्छ उनले निर्वाचन पछि एमाले र माओवादी केन्द्र एकता भएर एउटै कम्युनिष्ट केन्द्र बन्ने बताए । ओली र आफुले पछाडी रहेको पुल भत्काएर निर्वाचनमा होमिएको भन्दै उनले मुलुकको विकास र पार्टी एकतालाई वल पुग्ने गरी बाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे । पाँच बर्ष दुई तिहाई बहुमतको सरकार चलाउने अबसर कम्युनिष्टहरुले पाए नेपाललाई अन्तराष्टिय स्तरकै सुन्दर देशको रुपमा विकास गर्ने प्रचण्डको भनाई छ पाँच बर्ष काम गर्ने अबसर प्राप्त भयो भने आगामी ५० बर्ष नेपालमा कम्युनिष्टहरुलाई नेपालको नेतृत्व गर्ने अबसर प्राप्त हुने बताए । प्रचण्डले निर्वाचनपछि बन्ने बामपन्थीको सरकार कछुवाको गतिमा नभई बुलेट रेलको गतिमा अगाडि बढने बताए उनले ७० बर्ष लामो राजनीतिक भूकरीबाट मुलुकलाई मुक्त गर्न अबसर प्रदान गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउने बताए उनले गरिब तथा असहायलाई सहायता,वालवाललिकालाई शिक्षा,युवालाई रोजगार, घर विहीनलाई नयाँ घर र बृद्धबृद्धालाई पेन्सनकात्रे व्यवस्थ गर्ने प्रतिबद्धता जनाए कार्यक्रममा प्रदेश सभा(ख)का उम्मेदवार कृष्ण प्रसाद खनालले बाढी सुरक्षित पूर्वी चितवन बनाउन सानो ठुला सबै नदिमा बलियो तटबन्धन गर्ने बताए । उनले बजेट छुट्याएर पनि वन्न नसकेको रंगशाला टिकौलीमै बनाउने प्रतिबद्धता जनाए । टिकौलीमै रंगशाला बन्छ उनले भने पाँच बर्ष भित्र हामी टिकौलीमै रंगशाला बनाउछौं उनले आफुलाई सच्चा जनप्रतिनिधिको रुपमा उभ्याएर जनताको काम गर्ने बताए । कार्यक्रममा प्रदेश सभा(क)का उम्मेदवार दावा दोर्जे लामाले चितवनको विकासको लागि पाँच बर्ष भित्र कुनै पनि काम बाकी नराखी विकासको गति अगाडि बढाउने बताए चितवन क्षेत्र नं.१ निर्वाचन परिचालन कमिटीका अध्यक्ष जेएन थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रापा चितवनका जिल्ला उपाध्यक्ष हरिहर पौडेल सहित दर्जनौं कार्यकर्ता काँग्रेस र राप्रापा परित्याग गरी एमाले र माओवादीमा प्रदेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया