काठमाडौं– कांग्रेस नेता तथा काठमाडौं–४ का कांग्रेस उम्मेदवार गगन थापाले कायरहरुले आफूलाई बम हानेको बताएका छन् । उनले यस्ता घटनाहरुबाट विचलित नहुन पनि मतदातालाई आग्रह गरेका छन् काठमाडौको चपली हाइटमा सोमबार बिहान बम विस्फोट हुँदा उनी सामान्य घाइते भएका थिए त्रिवि शिक्षण अस्पतालमा उपचारपछि अस्पतालबाट बाहिरिने क्रममा थापाले आफूलाई मार्ने उद्देश्यले बम बिस्फोट गराइए पनि बच्न सफल भएको बताए बम विस्फोट हुँदा थापासहित ११ जना घाइते भएका थिए । पछिल्लो समय देशव्यापी रुपमा बम आतंक भइरहेको छ । अहिलेसम्म सरकारले आक्रमणका घटनामा को संलग्न छ भन्नेबारे मुख खोलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया