बम आक्रमणमा परेका नारायण कार्कीले अस्पतालको बेडबाट यस्तो अपिल

काठमाडौं,१८ मंसिर– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा उदयपुर क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेद्वार नारायणबहादुर कार्कीले महाराजगञ्जस्थित शिक्षण अस्पतालको शैंयाबाट शान्ति,समृद्धि,लोकतन्त्रको संरक्षण,संविधानको कार्यान्वयन र विकासको लागि नेपाली कांग्रेसलाई मत दिन अपिल गरेका छन् निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार कार्की मंसिर १३ गते उदयपुरको गढी गा.पा. वडा नं. ६ मा भएको बम विष्फोटमा परि घाइते भएका थिए । उनी हाल शिक्षण अस्पतालमा उपचाररत छन् उनको अनुहार र खुट्टामा गहिरो चोट लागेको छ । उनको उपचारमा संलग्न डाक्टर रोहित पोख्रेलका अनुसार दाहिने खुट्टाको नलीहडडी र गोडा भाँचिएको छ । छाला जलेको छ । देब्रे खुट्टाको कुर्कुच्चा भाँचिएको छ । दायाँ हातमा चोट लागेको छ । रगत कम छ । उनलाई क्रिटिकल टिमले हेरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?