काठमाडौँ, १८ मंसिर महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापाले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिन जनतालाई आग्रह गरे काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा संयुक्त लोकतान्त्रिक गठबन्धनले आज बालाजुमा आयोजना गरेको चुनावी सभामा मन्त्री थापाले देशमा राजनीतिक अस्थिरताको अन्त्य गरी जनतालाई आर्थिक पहुँच विस्तार गर्न विभिन्न योजना र दृष्टिकोण लोकतान्त्रिक शक्तिसँग भएको जिकिर गरे देशमा वैदिक सनातन हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था कायम गर्ने पार्टीको सिद्धान्तलाई कार्यान्वयन गर्न निर्वाचनमा जनताले सो गठबन्धनलाई जिताउन खाँचो रहेको उनले प्रस्ट पारे मन्त्री थापाले विभिन्न समयमा भएका परिवर्तनलाई संस्थागत गरी देशमा सामाजिक रुपान्तरणका लागि उक्त गठबन्धनलाई जनताले विश्वास गरी मतदान गर्नुपर्नेमा जोड दिए । उक्त क्षेत्रको ग्रामीण भागमा करिब चार हजार भूकम्प प्रभावितलाई सरकारले दिने भनेको रु तीन लाख उनीहरूले प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै सो रकम चाँडो उपलब्ध गराउने प्रतिबद्धता उनले जनाए प्रदेश (१)का उम्मेदवार विजयबहादुर मालीले स्थानीय पूर्वाधार विकास तथा निर्माणमा तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाबीच समन्वय र सहयोगको आवश्यकता रहेको विचार व्यक्त गरे । प्रदेश (२)का उम्मेदवार धर्मराज अर्यालले स्थानीय नागिनी खोलादेखि लोलांग पिपलबोटसम्मको सडक स्तरोन्नति, आठ माइल डाडागाउँको विकास गरी पर्यटन क्षेत्र विकास गर्नेलगायत कार्य प्राथमिकतामा रहेको प्रस्ट पारे । माली र अर्याल दुवै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुन ्काठमाडौँ महानगरपालिका–१६, १७, १८ र २५, तारकेश्वर नगरपालिका–३, ४ र ५ तथा नागार्जुन नगरपालिकाका–१, २ र ३ वडा यस क्षेत्रमा कायम गरिएको छ भने ५७ हजार ५८८ मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया