जनकपुरधामलाई मधेश राजधानी बन्नबाट कसैले रोक्न सक्दैन : महतो

जनकपुर १८ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले जनकपुरधामलाई मधेश प्रदेशको राजधानी बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका नेता महतोले प्रदेश नम्बर २ को राजधानी जनकपुर मात्रै होइन त्यहाँ मधेश सरकार पनि बन्ने बताए र भने, “मधेश सरकार गठन भएलगत्तै जनकपुरधाम प्रदेश नम्बर २ को राजधानी स्वतः बन्नेछ ।” जनकपुर उपमहानगरापालिका–१६ कपिलेश्वरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता महतोले निर्धक्क भएर राजपाको पक्षमा मतदान गर्न आह्वानसमेत गरे । नेता महतोले जनकपुर उपमहानगरपालिकाअन्तर्गत रामपुर, मुखियापटी मुसहरनिया गाउँपालिकामा भएका चुनावीसभालाई सम्बोधन गरेका थिए । सभामा राजपाबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश ‘ख’ का उम्मेदवार परमेश्वर साह, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?