सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी

काठमाडौं, १८ मङ्सिर-पार्टीको केन्द्रीय राजनीति त्याग गर्दै मुख्यमन्त्री बन्ने लोभमा केही नेता प्रदेशसभाको निर्वाचनमा होमिएका छन् । पूर्वमन्त्री, पूर्वसांसदसमेत भइसकेका र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने ती नेताहरू आफूलाई मुख्यमन्त्रीको दाबीसहित मत मागिरहेका छन् प्रदेशसभाको उम्मेदवार बनेका नेताहरू अब केन्द्रीय राजनीति नभई प्रदेशकै राजनीतिको नेतृत्व गर्नेगरी प्रदेशतर्फ फर्केका हुन् । सर्वसाधारण जनताका बीचमा पुगिरहेका उनीहरूले आफू प्रदेशसभाका उम्मेदवार मात्रै नभई भावी मुख्यमन्त्रीको उम्मेदवारसमेत रहेको दाबी गर्दै आफैंलाई मतदान गरी विजयी बनाउन आग्रह गरिरहेका छन् यद्यपि अहिलेसम्म कुनै पनि पार्टीले मुख्यमन्त्रीको आधिकारिक निर्णय गरेका छैन । निर्वाचनपछि पार्टीको हैसियत एवं अन्य पार्टीसँग हुने तालमेलका आधारमा प्रदेश सरकार निर्माण हुने भएकाले निर्वाचनबाट आउने परिणामपछि नै मुख्यमन्त्रीको निर्णय गरिने नेताहरू बताउँछन् एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनबाट मुख्यमन्त्री बन्नेको होडबाजी नै छ । कांग्रेसभन्दा बढी मुख्यमन्त्रीका दाबेदार वाम गठबन्धनबाट बढी छन् । सर्वसाधारणसँग मत माग्दै प्रचारप्रसारमा रहेका उनीहरूले आफू भावी मुख्यमन्त्रीको उम्मेदवार रहेकाले आफ्नो पक्षमा मतदान गरिदिन आग्रह गरिरहेका छन् , राजधानी दैनिकमा खबर छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?