काठमाडौं, १८ मङ्सिर- टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको अन्नपूर्ण पोस्टमा खबर छकम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्कम्पनीले ग्राहक आकर्षित गर्ने नाममा विभिन्न भ्वाइस कल प्याक ल्याएका छन्। कसैले ‘नाइट भ्वाइस प्याक’, कसैले ‘माई फाइभ’, त, कसैले ‘स्पेसल टक प्याक’ योजना ल्याएका छन्यस किसिमका विभिन्न भ्वाइस कल योजना कम्पनीले ग्राहकलाई प्रस्तुत गर्दा सबैभन्दा फाइदा ग्राहकलाई पुगेको दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोतम खनाल बताउँछन्उनका अनुसार कम्पनीबीच ग्राहकलाई आकर्षण गर्ने क्रममा ल्याइएका यस्ता अफरमा साधारण कलमाभन्दा कल रेट केही सस्तो हुँदै गएको छ। यसले प्रत्यक्ष प्रभाव ग्राहकलाई परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया